बैंकिङ कसुर मुद्दाका फरार कृष्णबहादुर पक्राउ

नेपालखोज २०७८ चैत ११ गते १६:१५

काठमाडौं । एक करोड २५ लाख रुपैयाँ बिगो कायम भएका बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाइ महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ । बाराको सिमरा उपमहानगरपालिका घर भई हाल काठमाडाैंको बुढानिलकण्ठ वडा नं ८ बस्ने ६८ बर्षिय कृष्णबहादुर थापालाई जिल्ला प्रहरी कार्यालय बारा संग समन्वय गरी बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नं ४ बाट पक्राउ गरिएको महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका अनुसार रविन्द्र थापाको जाहेरीले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट २०७७ मंसिर २२ गतेको फैसलाले प्रतिवादी कृष्ण बहादुर थापालाई एक करोड २५ लाख रुपैयाँ बिगो बापतको जरिवाना र सो बमोजिम हुने व्याज समेतको बिगो दाखिला गर्नुपर्ने फैसला तोकेको थियो ।

तर प्रतिवादी थापा उक्त रकम दाखिला नगरी फरार रहेकाले २०७८ फागुन २० गते काठमाडाैं जिल्ला अदालतबाट एक बर्ष कैद सँजाय र पक्राउ पुर्जी जारी भएका थापालाई जिल्ला प्रहरी कार्यालय बारा संग समन्वय गरी महानगरीय अपराध महाशाखाले बाराबाट पक्राउ गरेको हो । थापालाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेस गरेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया