सोमबार, वैशाख २९, २०८२

नेपालका लागि रोहित बने एकदिवसीय क्रिकेटमा शतक बनाउने दोस्रो खेलाडी

नेपालखोज २०७८ चैत ११ गते १६:३७

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ब्याट्सम्यान रोहितकुमार पौडेलले एकदिवसीय क्रिकेट सिरिज अन्तर्गत पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध शतक प्रहार गरेका छन् । टीयू क्रिकेट मेदानमा पीएनजीले दिएको २९३ रनको लक्ष्य पछ्याएको नेपालका लागि रोहितले ९१ बलमा ७ चौका र ४ छक्का प्रहार गर्दै १०० रन पूरा गरेका हुन् ।

रोहित पौडेल एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि शतक बनाउने खेलाडी बनेका हुन् । यसअघि पारस खड्काले मात्रै एकदिवशीय क्रिकेटमा नेपालका लागि शतक बनाएका थिए । रोहितको शतकीय इनिङ र आरिफसँगको शतकीय साझेदारीले नेपालको जित्ने आशा कायमै छ ।

उनले आजकै खेलमा नेपालका लागि ओडिआईमा नेपालका लागि सबैभन्दा धेरै रन बनाउने खेलाडीको कीर्तिमान बनाएका छन् । यस्तै, नेपालका लागि सबैभन्दा धेरै अर्धशतक बनाउने पनि उनी पहिलो खेलाडी बने । आजकै खेलमा रोहित र आरिफ शेखले नेपालका लागि ओडीआईमा सर्वाधिक धेरै १०४ रनको साझेदारी गरेका छन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २९२ रन बनाएको थियो ।

प्रतिक्रिया