सरकारमा पार्टीले सशक्त भूमिका खेलेकाे मन्त्री श्रेष्ठकाे दाबी

नेपालखोज २०७८ चैत ११ गते १८:०७

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं नेकपा एसका नेता कृष्णकुमार श्रेष्ठले सरकारमा आफ्नो पार्टीले सशक्त उपस्थिति देखाएको दाबी गरेका छन् । अझै कतिपय काम अर्को पार्टीको प्रधानमन्त्री भएको हुनाले गर्न नसकिएको उनको भनाई छ ।

शुक्रबार काठमाडौंमा आयोजित पार्टी निकट एकीकृत ट्रेड युनियन, महासंघ, नेपाल घोषणा तथा सम्मान समारोहमा बोल्दै मन्त्री श्रेष्ठले केही महिनाभित्र नै नेपाल ट्रेड युनियन भन्दा एकीकृत ट्रेड युनियन महासंघ, नेपाल ठूलो बन्ने दाबी समेत गरे । त्यसका लागि आवश्यक सहयोग मन्त्रालयबाट आफूले गर्ने प्रतिवद्धता पनि उनले व्यक्त गरे ।

नेकपा एकीकृत समाजवादी सरकारमा गएपछि स्वर्णिम कालको रुपमा ट्रेड युनियन आन्दोलनलाई अघि बढाएको दाबी पनि मन्त्री श्रेष्ठले गरे । मन्त्री श्रेष्ठले एकीकृत ट्रेड युनियन महासंघ, नेपालमा आवद्ध भएका सदस्यहरुलाई राजनीति नभइ श्रमिकका हकहितको बारेमा सोच्न पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया