बिहीबार, जेठ ३, २०८१

बाइबलमा पवित्र हुनु भनेको के हो ?

नेपालखोज २०७८ चैत १२ गते ५:००

पवित्र हुनुले अशुद्ध कुराले नबिटुलिएको अवस्थालाई बुझाउँछ । पवित्र भनी अनुवाद गरिएको हिब्रू शब्दको अर्थ अलग्गै राख्नु भन्ने हुन्छ । त्यसैले कुनै कुरा पवित्र छ भन्नुको मतलब त्यो सफा र शुद्ध हुन्छ र त्यसलाई सामान्य प्रयोगबाट अलग्गै राखिएको अर्थात् छुट्ट्याइएको हुन्छ । परमेश्वर अत्यन्तै पवित्र हुनुहुन्छ । उहाँबारे बाइबल यसो भन्छः तपाईंबाहेक पवित्र अरू कोही छैन । परमेश्वरसित प्रत्यक्ष सम्बन्धित कुनै पनि कुरालाई पवित्र भन्न सकिन्छ । खासगरि उहाँको उपासनाको लागि अलग्गै छुट्ट्याइएका कुराहरू पवित्र छन् । बाइबलमा उल्लेख गरिएका केही पवित्र कुराहरू यसप्रकार छन्ः

पवित्र ठाउँः जलिरहेको पोथ्रानजिकै उभिरहेका मोशालाई परमेश्वरले यसो भन्नुभयोः तँ उभिएको यो ठाउँ पवित्र भूमि हो ।
पवित्र जमघटः पुरातन समयका इस्राएलीहरू यहोवाको उपासना गर्न वर्षेनी चाडहरू मनाउँथे । ती चाडहरूलाई पवित्र महासभा भनिन्थ्यो ।
पवित्र सरसामानः प्राचीन यरूशलेमको मन्दिरमा परमेश्वरको उपासना गर्न प्रयोग गरिने भाँडाकुँडालाई पवित्र सामान भनिन्थ्यो । ती सरसामानलाई निकै सम्मानजनक तरिकाले प्रयोग गरिन्थ्यो तर त्यसको उपासना भने पटक्कै गर्न मिल्दैन थियो ।

प्रतिक्रिया