बुधबार, जेठ ९, २०८१

रूसीहरुले जमेर किन्दै छन् कन्डम

नेपालखोज २०७८ चैत १२ गते १४:५१

मस्को । रूस-युक्रेनबीचको युद्धले संसारभरको आर्थिक गतिविधिमा केही न केही असर पारेको छ । यद्यपि यो लडाइँबीच नै रूसमा भने कन्डमको बिक्रीमा १७० प्रतिशतसम्मको वृद्धि देखिएको छ । ब्रिटेनको एक समाचारपत्रको रिपोर्टअनुसार युद्धको माहोलबीच रूसमा कन्डमको अभाव देखिने कारण भने सोचेभन्दा केही फरक छ ।

युक्रेनमाथि रूसको आक्रमणपछि अमेरिकासहित कैंयन् पश्चिमा देशले रूसविरुद्ध विभिन्न किसिमका आर्थिक प्रतिबन्ध लगाएका छन् । यहि कारणले रूसका नागरिकहरुलाइ के लाग्यो भने पश्चिमी प्रतिबन्धका कारण अब रुसमा कन्डमको अभाब मात्र हुनेछैन यसको मूल्य पनि निकै बढ्नेछ ।

रूसमा कन्डमको बिक्री बढेको यो समयमा डुरेक्सलगायत अन्य नाममा कन्डम निर्माण गर्ने ब्रिटिस कम्पनी Reckitt ले भने रुसमा आफ्नो कारोबार जारी नै राखेको छ । रूसको सबैभन्दा ठुलो अनलाइन रिटेलर Wildberries का अनुसार गएको वर्षको मार्चको पहिलो दुई साताको तुलनामा यसपटक कन्डमको बिक्री १७० प्रतिशतले बढेको पाइएको छ ।

सुपरमार्केटहरुमा पनि बढ्यो बिक्री
रुसको सबैभन्दा ठुलो फार्मेसी चेन ३६.६ PJSC ले कन्डमको बिक्रीमा २६ प्रतिशतको वृद्धि देखिएको जानकारी दिएको छ । RBC को एक रिपोर्टअनुसार केमिस्टहरु द्वारा हुने कन्डमको बिक्रीमा गएको वर्षको तुलनामा यो वर्ष ३२ प्रतिशतले वृद्धि देखिएको छ भने सुपरमार्केटहरुमा यसको बिक्री ३० प्रतिशत सम्म बढेको छ ।

मूल्य पनि बढ्यो
Prezervativnaya sex shop की सह-सञ्चालिका येसेनिया शामोनिनाका अनुसार- मानिसहरु भविष्यलाई मध्यनजर गर्दै कन्डम खरिद गरिरहेका छन् । यसले अभाव सिर्जना गरी मूल्यसमेत बढेको छ ।’ शामोनिना भन्छिन्, ‘अहिले विभिन्न ब्रान्डका कन्डम पचास प्रतिशतसम्म महँगा भएका छन् । यसको कारण प्रमुख पश्चिमी मुद्राहरुको तुलनामा रूबल कमजोर हुनु पनि हो ।’

प्रतिक्रिया