सोमबार, जेठ ७, २०८१

मारुतीका ६ नयाँ एसयूभी !

नेपालखोज २०७८ चैत १२ गते १२:१३

काठमाडौं । मारुती सुजुकी एसयूभी सेगमेन्टमा सक्रिय भए पनि उसले टाटा मोटर्सले यसमा पाए जस्तो उपलब्धि हासिल गर्न सकेको छैन । यही कारणले मारुती सुजुकीले आगामि वर्षहरुमा एसयूभी सेगमेन्टमा आफ्नो उपस्थिति थप मजबुत बनाउन ६ किसिमका नयाँ एसयूभी बजारमा उतार्ने तयारी गरेको छ ।

मारुती सुजुकीको अपकमिङ एसयूभीमा नेक्स्ट जेनरेशन मारुती भिटारा ब्रेजाका साथै पहिलो इलेक्ट्रिक एसयूभी मारुती सुजुकी वाईवाई ८(सम्भावित नाम) पनि छ । मारुतीको योजनामा रहेका ६ किसिमका एसयूभी मध्ये दुइ किसिमको एसयूभी सुजुकी तथा टोयोटाको पार्टनरशिपमा तयार गरिनेछ ।

चाँडै आउनेछ नयाँ भिटारा ब्रेजा
मारुती सुजुकीले यहि वर्ष आफ्नो बेस्ट सेलिङ एसयूभी मारुती सुजुकी भिटारा ब्रेजाको नेक्स्ट जेनरेशन मोडल बजारमा उतार्दैछ । यो एसयूभी हालको मोडल भन्दा राम्रो लुक र फीचरमा तयार गरिएको छ र यसको सीएनजी वेरिएन्ट पनि लन्च हुनेछ । नयाँ ब्रेजाका साथ सुजुकी र टोयोटाको पार्टनरशिपमा नयाँ मिडसाइज एसयूभी मारुती सुजुकी वाईएफजी (सम्भावित नाम) पनि यहि अंग्रेजी वर्षको अन्त्य सम्म बजारमा आउन सक्छ । मारुती सुजुकीको यो नयाँ एसयूभीको प्रतिस्पर्धा टाटाको हेरियर, हुन्डाईको क्रेटा तथा कियाको सेल्टोस सँग हुनेछ । मारुती सुजुकीले २०२२ मै आफ्नो अफ-रोड एसयूभी मारुती जिम्नी लाई पनि बजारमा पठाउन सक्छ ।

एक से एक एसयूभी
मारुती सुजुकीका अपकमिङ एसयूभीमा इलेक्ट्रिक एसयूभी Maruti Suzuki YY8 (सम्भावित नाम) पनि छ जुन २०२४ सम्ममा बजारमा आइसक्नेछ । मारुतीक‍ो यो इलेक्ट्रिक एसयुभिले टाटाक‍ो नेक्सोन ईभी , एमजीको जेडएस ईभी का साथै महिन्द्राको अपकमिङ एसयूभी ३०० इलेक्ट्रिक लाई चुनौती दिनेछ । यसका अतिरिक्त मारुतीले अर्को मिडसाइज एसयूभी पनि लन्च गर्नेछ जसक‍ो सम्भावित नाम Maruti Suzuki YTB रहनेछ । यो एसयूभी टाटाको हेरियरको प्रतिद्वन्दि हुने बताइँदै छ । मारुती सुजुकीको अपकमिङ एसयूभीमा सात सीटे एसयूभी Maruti Suzuki Y17 (सम्भावित नाम) पनि छ जुन आगामी वर्ष अर्थात २०२३ मा लन्च हुनेछ । यो ठुलो एसयूभीको प्रतिस्पर्धा महिन्द्राको एसयूभी ७०० , कियाको कारेन्स, हुन्डाईको अल्कजार जस्ता लोकप्रिय एसयूभीसँग हुनेछ ।

प्रतिक्रिया