सोमबार, वैशाख १७, २०८१

सरलाई सुन्दा-सुन्दा हामी नि २० पुगेम…

नेपालखोज २०७८ चैत १२ गते १३:५७

बारपाकका यी नानीबाबुहरु पनि ठूला भए होलान अब त… अतितको यात्राको सम्झना…भन्दै गायक अमृत गुरुङले फेसबुकमा सेयर गरेको तस्बिरमा आएका केही प्रतिक्रिया :

अमृत दाइ,,,हामी नेपाली हरुको प्यारो मान्छे र नेपाली परिवेश बुझेको मान्छे ! जय होस दाइ को ।
पुन नबिदा

यो तस्बिरमा देखिएका नानीहरू चाडैं सम्पर्कमा आउन प्रार्थना ।
राजु चापागाईं

देश बुझेको देश जानेको हजुर त हो नि ।
डा. मुक्ति शर्मा

सगरमाथा जस्तो अग्लो कदको नाम – हाम्रो अमृत दाई ।
सन्जय बस्नेत

विशुद्ध नेपाली श्रष्टा अमृत गुरुङप्रति धेरै सम्मान ।
ट्राइङ तो बे

अ गु बा (अमृत गुरुङ बा) लाई यी बाबुनानीले पनि यसरी नै सम्झिँदा हुन् ।
मनोज केसी

नानीहरू ठूला भए होला नि, दाजु त भर्खरको देखिनु भएको छ ।
मनोज थापा

वाह , जिन्दगी होस त हजुरको जस्तो ।
हाङ ज्याक

उनीहरुको नै नानी खेलाउने बेला भयो ।
रोमन न्यौपाने

हो दाइ म तेहि केटा जो झोला बोकेर पछाडि वाट हेरदैछु मलाई आज पनि याद छ त्यो दिन ती तिन जना त तपाई को अंगालोमा अँटाए तर म अँटाईन ।
सुनील थापा मगर

बिहे भैसक्यो होला नि साना नानीहरुको अहिलेसम्म त !
ईन्द्र आर घिमिरे

हजुर आफैं जवान हुनुहूँदो रैछ तेती बेला ।
सन्दीप थपलिया

भाग्यमानी नानीहरू ।
योशा थेबे लिम्बू

सरलाई सुन्दा-सुन्दा हामी नि २० पुगेम । नेपथ्य भनेपछि हुरुक्कै र आज पनि एउटा आइडल हुनुहुन्छ मेरो तपाइँ । भेट्ने चाहना धेरै हो । आज सम्म पढाईको सिलसिलामा भैयो , आशा छ र पक्कै भेट्ने छु ।
भिक्टर सापकोटा

तपाई सङ्ग एउटा फोटो खिच्ने मेरो पनि ठूलो धोको छ दाइ।
विकास पाठक

यि नानिहरु कता कहाँ,के कसरी बाँचेका होलान ? अवस्था बुझ्न पाए बिसाल हिर्दय अझै फुकिन्थ्यो कि भाइ?
ध्रुव गुरुङ

यो फोटोका नानीहरूले हेरे होलान् है , कमेन्ट हेर्न आतुर छु ।
रामप्रसाद आचार्य

कोही पढ्दै होलिन् कोइ मुग्लान पसिन होली दाइ !!!
शरद गौचन

प्रतिक्रिया