मंगलबार, जेठ ८, २०८१

शीतलको पर्याय दही

नेपालखोज २०७८ चैत १२ गते ११:४३

गर्मी मौसम सुरु भइसकेको छ । गर्मी सुरु भएसँग शरीरमा अत्याधिक पसिना आउने भएकोले शरीरमा पानीको मात्र पनि कम हुने गर्दछ । जसका कारण शरीरले सामान्य अवस्थाको भन्दा बढी पानी खपत हुने गरेको हुन्छ ।

मानिसहरु गर्मीमा विभिन्न पेय पदार्थ र शरीरलाई शीतलता प्रदान गर्ने खाने कुराहरु धेरै खाना रुचाउने गर्दछन् । यस्तो अवस्थामा दही खान कसलाई पो मन नलाग्ला र ? गर्मीमा चिसो दही खाँदै शीतलताको अनुभूति गर्नुको मज्जा बेग्लै हुन्छ ।

दही धेरैको भान्सामा पाइने खाने कुरा मध्ये एक हो । दहीले खानेकुरालाई पनि पचाउन मद्दत गर्ने गर्दछ । यति मात्र नभएर दही सेवन गर्दा स्वास्थ्यमा समेत धेरै फाईदा पुर्‍याइरहेको हुन्छ ।

फाइदा
दही पेटसम्बन्धी समस्या भएकाका लागि अत्यन्त उपयोगी मानिन्छ ।

भोक कम लाग्ने समस्या भएका व्यक्तिहरुले नियमित दही खाने गरेमा उक्त समस्या कम हुने गर्दछ ।

दहीको नियमित सेवन गर्दा आन्द्राको रोग तथा पेट सम्बन्धि रोगहरुबाट छुट्कारा मिल्ने गर्दछ ।

दहीमा मुटुको रोग, उच्च रक्तचाप जस्ता रोगलाई निको पार्न मद्दत गर्दछ । दहीले कोलस्ट्रोल बढ्न रोक्नुका साथै मुटुको धड्कनलाई ठीक राख्न मद्दत गर्ने गर्दछ ।

दहीमा क्याल्सियमको मात्रा अधिक पाइन्छ, जसले हड्डीहरुको विकासमा धेरै सहयोग पुर्याउनुका साथै, दाँत, ता नङलाई पनि बलियो बनाउन मद्दत गर्दछ ।

निद्रा नलाग्ने समस्या भएकाहरुले खानाका साथ दैनिक एक कचौरा दही खानाले राम्रो निन्द्रा लाग्नमा केहीहदसम्म सहयोग पुर्‍याउने गर्दछ ।

दैनिक दही खानाले पाचन प्रक्रियामा समेत मद्दत पुर्याउने गर्दछ ।

खाली पेटमा दही खानु हुँदैन यसमा पाइने प्रोबायोटिक ब्याक्टेरियाले खाली पेटको एसिडको स्तरलाई बढाउने गर्दछ । जसका कारण खाली पेटमा दहीको सेवन गर्दा पेट पोल्ने समस्या उत्पन्न हुने गर्दछ ।

पेटको समस्या भगाउन दही
दहि स्वास्थ्यका लागि निकै उपयोगी कुरा हो । दुधलाई मानिसको स्वास्थ्यमा फाइदा पुर्याउँने किसिमका ब्याक्टेरियाहरुले दहिमा परिवर्तन गर्ने गर्दछन् । दहि स्वादका लागि मात्रै नभए स्वास्थ्यका लागि पनि उत्तम हुन्छ । खास गरि पेटको समस्याका लागि दहि सेवन गर्नु एकदमै फाइदाकारी हुन्छ । अपच तथा अन्य पेट सम्बन्धी रोगहरु दहिका कारणले ठिक हुने गर्छन् ।

१. दही आफैँ सजिलै त पच्छ नै साथै अन्य खानेकुरालाई पनि दहीले सजिलै पचाउन मद्दत गर्छ ।

२. पेटसम्बन्धी समस्या भएकाहरूका लागि दही अत्यन्त उपयोगी मानिन्छ । दही खाँदा पेटको समस्या कम त हुन्छ नै साथै शरीरलाई बल पनि प्राप्त हुन्छ ।

३. दूधबाट दही बनेपछि दूधमा रहेको सुगरको स्वरूप बदलिन्छ । जसले दहीलाई सुपाच्य बनाउँछ । त्यही भएर दूध खाँदा नपच्नेहरूले पनि दही खान सक्छन् ।

४. भोक कम लाग्ने समस्या भएकाहरूले पनि नियमित दही खाने गरेमा समस्या कम हुँदै जान्छ ।

प्रतिक्रिया