मंगलबार, वैशाख ११, २०८१

८८८ संक्रमित थपिए, एकजनाको मृत्यु

नेपालखोज २०७९ साउन ३० गते १६:१४

काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर ८८८ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ संक्रमितको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार ५ हजार ७ सय ३७ जनाको नमुना परीक्षण गर्दा ८८८ जनामा कोरोना संक्रमण देखिएको हो ।

३ हजार १५५ जनाको पीसीआर परीक्षण गर्दा ४२७ जनामा र २ हजार ५८२ जनाको एन्टिजेन परीक्षण गर्दा ४६१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले नियमित बुलेटिनमार्फत जनाएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ४७४ कोरोना संक्रमित निको भएका छन् । नेपालभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या भने ५ हजार ३८७ पुगेको छ ।

प्रतिक्रिया