सोमबार, वैशाख २९, २०८२

एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट : नेपालले पीएनजीविरुद्ध प्रतिस्पर्धा गर्दै

नेपालखोज २०७८ चैत १२ गते ७:१६

काठमाडौं । नेपालले दोस्रो तथा अन्तिम एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा आज पाहुना टोली पपुवा न्युगिनी (पीएनजी) विरुद्ध प्रतिस्पर्धा गर्दैछ । नेपालले घरेलु मैदान टियु क्रिकेट मैदानमा पीएनजीसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र पीएनजीबीचको खेल बिहान ९:३० बजे सुरु हुनेछ ।

नेपाल आज पीएनजीलाई हराउँदै सिरिज बराबरी गर्न चाहन्छ । पीएनजी भने नेपाललाई हराएर सिरिज कब्जा गर्न चाहन्छ । दुई खेलको एकदिवसीय सिरिजमा पीएनजी १-० ले अघि रहेको छ । शुक्रबार भएको पहिलो खेलमा नेपाल ६ रनले पराजित भएको थियो ।

पहिलो खेल गुमाएको कारण नेपाललाई दोस्रो खेलमा दबाब थपिएको छ । सिरिज जोगाउन नेपाललाई जित्नैपर्ने दबाब रहेको छ । एकदिवसीय र त्रिदेशीय टी-ट्वान्टी सिरिजका लागि पीएनजी नेपालको भ्रमणमा आएको हो ।

युएईमा सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज खेलेर पीएनजी नेपाल आएको हो । उक्त सिरिजमा नेपालले दुबै खेलमा पीएनजीलाई हराएको थियो ।

प्रतिक्रिया