एसिड प्रहार गर्ने वीरगन्जका दुई जना पक्राउ
नेपालखोज
२०७८ चैत १२ गते १०:१३

काठमाडौं । महिलालाई एसिड प्रहार गरेको घटनामा बारा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१३ श्रीपुर बस्ने पीडित महिलाको जेठाजु ३२ वर्षीय रामबाबु साह र ससुरा हवारी साहलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
उमेश साहकी २८ वर्षीया श्रीमती सीता पटेल आफ्नो माइतीघर कलैया उपमहानगरपालिका–२३ स्थित कोरिया टोल जाने क्रममा मोटरसाइकलमा आएका दुवैले उनलाई एसिड प्रहार गरेका थिए ।
सम्बन्धित

प्रतिक्रिया