आज विश्व नेवाः दिवस मनाइँदै
नेपालखोज
२०७८ चैत १२ गते १०:५१

काठमाडौं । आज विश्व नेवाः दिवस मनाइँदैछ । नेवारी साहित्य, कला र संस्कृतिको सम्मान र यसको महत्त्वलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले हरेक मार्च महिनाको अन्तिम शनिवारलाई ‘विश्व नेवाः दिवस’ का रुपमा मनाउने गरिन्छ।
सांस्कृतिक रुपले निक्कै सम्पन्न मानिने नेवार समुदायको आफ्नौ भाषा र लिपि रहेको छ । विश्वका विभिन्न देशहरुमा जस्तै नेपालमा पनि आज नेवाः सँग सम्बन्धित संघसंगठनले यो दिवस मनाउने गर्छन् ।
काठमाडौं उपत्यकामा नेवार समुदायको धेरै बसोबास भएकाले यहाँ अझ धेरै कार्यक्रमहरु हुने गरेका छन् ।
सम्बन्धित

प्रतिक्रिया