चिनियाँमन्त्री र प्रधानमन्त्री देउवाबीच भेटवार्ता हुने

नेपालखोज २०७८ चैत १२ गते ११:२८

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले आज औपचारिक कार्यक्रममा व्यस्त रहने भएका छन् । शुक्रवार नेपाल आइपुगेका वाङ हिजो कार्यक्रममा सहभागी भएका छैनन् । विदेशमन्त्री वाङले शनिवार आज बेलुकी पौने ६ बजे प्रधानमन्त्री शेरबहादुर देउवा सँग शिष्टाचार भेटवार्ता गर्ने भएका छन् ।

तीनदिने भ्रमणका क्रममा शुक्रवार काठमाडौं आइपुगेका विदेशमन्त्री वाङले आइतवार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र सत्ता रुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट्ने कार्यक्रम रहेको छ । वाङ भोली नेपाल देखि स्वदेश फर्कंदै छन ।

प्रतिक्रिया