आगलागीबाट ५० लाखको क्षति
नेपालखोज
२०७८ चैत १२ गते १३:१२

काठमाडौं । दोलखा कालिन्चोक गाउँपालिका-५ लापिलाङमा आज बिहान भएको आगलागीबाट विकास थापा, कृष्णबहादुर थापा र ईश्वर थापाको घर जलेर पूर्ण रुपमा नष्ट भएको वडाअध्यक्ष सुवास थामीले बताए ।
खाना पकाउन बालिएको ठाउँबाट सल्किएको आगोले भूकम्प पछि पून : निर्माण गरिएको तीनवटै घर र सामग्री जलेर नष्ट भएको छ । भीमेश्वर नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा आगो निभाइएको थियो ।
बाक्लो गाउँ भएको र घरहरु सँगै जोडिएर निर्माण गरिएकाले एक घरमा सल्किएको आगोले अन्य घर समेत जलेर नष्ट भएको छ। आगलागीबाट तीनवटा घरसहित घरमा भएको सामग्रीहरु जलेर करिब ५० लाखभन्दा बढीको क्षति भएको वडाअध्यक्ष थामीले बताए ।
सम्बन्धित

प्रतिक्रिया