‘विकास निर्माणको काम स्थानीय सरकारलाई दिँदा छिटो र गुणस्तरी’

नेपालखोज २०७८ चैत १२ गते १३:४९

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीयलाई विकासको जिम्मेवारी दिन आवश्यक रहेको बताएका छन् । ललितपुरमा रहेको भीमसेन मन्दिरको पुनर्निर्माण सम्पन्न भएको अवसरमा आज आयोजित समारोहमा प्रधानमन्त्री देउवाले स्थानीयहरुलाई नै विकास निर्माणको काम दिनुपर्ने बताएका हुन्।

उनले विकास निर्माणको काम स्थानीय सरकारलाई दिइएकाले अधिकांश काम छिटो तथा गुणस्तरी ढंगबाट सम्पन्न भएको उल्लेख गरे । २०७२ सालको भूकम्पले भीमसेन मन्दिरमा क्षति पुर्‍याएको थियो । उक्त मन्दिरको पुनर्निर्माण स्थानीय व्यवसायी र दाताहरुको आर्थिक सहयोगमा भएको हो ।

पाटन दरबार क्षेत्रमा रहेको भीमसेन मन्दिर पुनर्निर्माणका लागि ललितपुर महानगरपालिकाले पनि आर्थिक सहयोग गरेको थियो । फाइन आर्ट सिटीको नामले चिनिएको ललितपुरको पहिचान यहाँका सम्पदा हुन् ।

प्रतिक्रिया