गठबन्धनले चुनावमा एक रन बटुल्दा एमालेले छक्का हान्छ : भट्टराई
नेपालखोज
२०७८ चैत १२ गते १४:२९

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले आगामी निर्वाचनमा एमालेले छक्का दाउ हान्ने टिप्पणी गरेका छन् । प्रेस चौतारी नेपाल मकवानपुर शाखाले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै आगामी निर्वाचनमा गठबन्धनले एक रन बटुल्दा एमालेले छक्का हान्ने टिप्पणी गरेका छन् । भट्टराईले भने, ‘गठबन्धन एक रन बटुल्दै गर्छ , एमाले सिधै छक्का हानेर अगाडि बढ्छ । ’
देशभरमा करिब ३८ हजारमध्ये २० हजार जनप्रतिनीधि एमालेबाट विजयी हुने समेत नेता भट्टराईले दाबी गरे । उनले देशमा एमाले र कांग्रेस नै प्रमुख दुई शक्ति भएकाले यी दुई पार्टीबीच गठबन्धन हुन नसक्ने बताए । वैशाखको पहिलो हप्तासम्म सबै उम्मेदवारको टुंगो लगाएर ९ गते पार्टीले घोषणापत्र जारी गर्ने समेत स्पस्ट पारे ।
सम्बन्धित

प्रतिक्रिया