सोमबार, असार ९, २०८२

नँया गाडी फोर्स गुर्खा नेपाली बजारमा

नेपालखोज २०७८ चैत १२ गते १६:०६


काठमाडौं । फोर्स मोटर्स नेपालले आफ्नो नँया गाडी गुर्खा नेपाली बजारमा विक्री वितरण शुभारम्भ गरेको छ । ग्राउण्ड–अप मोडुलर आर्टिटेक्चर प्लेटफर्ममा निर्मित यस गाडीको आकृतिले अघिल्लो पुस्ताको प्रसिद्ध जी–वागनलाई प्रतिविम्बित गर्छ । लामो र चौडा वनावट भएको गुर्खा को क्याबिन अत्यन्त फराकिलो र आरामदायी रहेको छ ।

यसमा चारै जना यात्रुको लागि क्याप्टेन सिट लगायत सर्वोत्कृष्ट लेगरुम, हेडरुम, एल्बोरुम एवं ५०० लिटरको बुट स्पेसको व्यवस्था छ । मर्सिडिज निर्मित २ हजार ६०० सय सिसि इन्जिन जडित गुर्खा आफ्नो श्रेणीमा एक मात्र यस्तो गाडी हो जुन विना कुनै समस्या तीन अंकको गतिमा हाइवेमा दौडिन, ३५ डिग्रीको उकालो चढ्न र ७०० मिलिमिटर गहिरो पानीलाई छिचोल्न सक्छ । त्यस्तै यसमा रहेको एअर इन्टेक स्नोर्कल र चारैवटा पांग्रामा भएको लक पनि अन्य भन्दा फरक रहेको छ ।

अटो मिडिया यो गाडीको टेस्ट ड्राइभ सम्बधि गरेको कभरेजमा गुर्खा को डिजाइन, इस्टाइल र स्पेस अरु भन्दा उकृष्ट भएको जनाइएको छ । पाँच वटा विभिन्न आकर्षक रंगहरुमा उपलब्ध गुर्खाको वारेन्टी ३ लाख किमि वा ३ वर्ष रहेको छ । साथै ग्राहकहरुले चार पटक सम्म निःशुल्क सर्भिसिंग सेवा प्राप्त गर्ने छन।

दक्ष र अनुभवी जनशक्ति तथा अत्याधुनिक पूर्वाधार सहित द गोर्खा २०२१ को अधिकृत विक्रेताले ग्राहकहरुलाई उच्च भन्दा उच्च सेवा र सुविधा प्रदान गर्ने छ । शक्ति, क्षमता ऐवम स्टाइलमा सर्वोत्कृष्ट फोर्स गुर्खा नेपालका बाटोहरुलाई अन्त्यन्त उपयुक्त रहेको आयाम इन्टर कन्टिनेन्टल प्रा.लि का अध्यक्ष ध्रुव थापाले बताए ।

प्रतिक्रिया