वंगलादेशबाट आएका युवाहरुले खेलकुद मन्त्रीलाई किन भेटे ?
नेपालखोज
२०७८ चैत १२ गते २१:०१

काठमाडाैं । वंगलादेशबाट आएका युवाहरुको प्रतिनिधि मण्डलले युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजसँग भेटवार्ता गरेको छ । ग्लोवल युथ पार्लियामेन्टद्वारा आयोजित ‘नेपाल–वंगलादेश नेक्स्ट जेनेरेसन लिडर्सिप समिट–२०२२’ सहभागी हुन नेपाल आएका युवाहरुले शुक्रबार मन्त्री गहतराजसँग भेट गरेका हुन ।
वंगलादेशका साँसद एवं विभिन्न क्षेत्रका अगुवा सहितको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा मन्त्री गहतराजले नेपाल र वंगलादेशबिचको सम्बन्ध मैत्रीपूर्ण रहेको बताए । उनले नेपाल तथा बंगलादेशका युवाहरुबिचको सम्बन्धलाई थप उचाईमा पुर्याउँदै आपसी सहयोग तथा सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
भेटमा वंगलादेशी प्रतिनिधि मण्डलका सदस्यहरुले मन्त्री गहतराजलाई मायाको चिनो स्वरुप विभिन्न सामग्रीहरु प्रदान गर्नुका वंगलादेश भ्रमणको निम्ता समेत दिएका छन ।
सम्बन्धित
प्रतिक्रिया