कांग्रेस केन्द्रीय कार्य समितिकाे बैठक आज पनि बस्ने

नेपालखोज २०७८ चैत १३ गते १०:०७

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज पनि बस्ने भएकाे छ। बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कांग्रेस पार्टी कार्यालयले जनाएको छ । स्थानीय तहको आगामी निर्वाचनको तयारी तथा उम्मेदवार चयनका लागि संसदीय बोर्ड गठन लगायतका विषयमा छलफल गर्न कांग्रेस बैठक शुक्रबार देखि नै सुरु भएको थियो ।

बैठकमा गत फागुन २९ गते सुरु भएको एक महिने चुनावी घरदैलो अभियानको समीक्षा पनि भइरहेको छ । सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनमा आबद्ध दलहरुसँग तालमेल गरेर चुनावमा जाने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन्।

प्रतिक्रिया