बालुवाटारमा बंकर बनाएर ओलीले राष्ट्रपति, प्रधानन्यायाधीश र प्रधानसेनापतिसँग भेट्थे : माधव नेपाल

नेपालखोज २०७८ चैत १३ गते ११:३४

काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग बारम्बार भेट्दै संसद विघटनलगायतका षड्यन्त्र बुनेको बताएका छन् । समाजवादी प्रेस संगठन नेपालको प्रथम विस्तारित बैठकमा नेता नेपालले बालुवाटारमा हुँदा ओलीले बंकर बनाएर प्रधानन्यायाधीश चोलेन्द्र जबरासँग बारम्बार भेट्दै संसद विघटन र त्यसपछिका योजना तयार पारेको दाबी गरे ।

उनले ओलीले प्रधानसेनापतिसँग भेटेको पनि दाबी गरेका छन् । उनले भने, ‘केपी ओलीले त्यहाँ घर बनाए । घरमा बंकर पनि बनाएका छन् । बंकर किन बनाएका होलान त ? नेपाली सेनाका प्रधानसेनापति र राष्ट्रपतिसँग बसेर धेरैपटक गोप्य कुराकानीहरू भए ।’

उनले ओलीले अदालतलाई ओलीले आफ्ने बनाएको समेत दाबी गरे । उनले भने, ‘संसद विघटन गर्छु भन्ने ओलीको दिमागमा पहिलेदेखि थियो, बालुवाटारमा बंकर बनाएर ओली चोलेन्द्रसँग बारम्बार भेट गर्थे । कुन न्यायाधीशलाई कहा-कहाँ पुर्‍याउने, कोही बोल्यो भने अदालत आफ्नै छ निर्वाचन आयोग आफैं छु । सम्पत्ति शुद्धीकरण लगाउँछु । साइबर स्याल लगाउँछु भन्ने उनको योजना थियो ।’

अध्यक्ष नेपालले ओलीको दिमागमा जसरी पनि चुनाव गराउने र ठटाउने गरी सेटिङ गरेको बताए । उनले भने, ‘प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासँग हप्ताको दुई दिन बालुवाटारमा भेटेर, स्थानीय चुनावमा कुन-कुन न्यायाधीशलाई कहाँ कहाँ खटाउनेदेखि प्रहरीका मान्छेलाई बोलाएर कुन प्रहरीलाई कहाँ खटाउने सबै वर्कआउट भैसकेको थियो ।’

ओलीका त्यस्ता योजनाहरु आफुले थाहा पाएको समेत उनले दाबी गरे । उनले ओलीले सधैं हावादारी कुरा गरेर गोयवल्स शैलीमार्फत कुप्रचार गर्ने गरेको भन्दै सबै कुरा छाडेर व्यक्तिवाद हुँदै निरंकुशतन्त्रमा परिणत गरेको आरोप लगाए । ओलीले विदेशीसँग दलाली गर्ने पार्टीसँग समेत सम्बन्ध बढाउँदै लगेको उनको दाबी छ ।

उनले भ्रष्टचार संस्थागतरुपमा ओलीले गरेको समेत दाबी गरे । उनले ओलीले एकल नेतृत्वको बर्चस्व गर्न खोेजेको आरोप लगाए । उनले ओलीले दक्षिणपन्थीसँग साँठगाँठ गरेको आरोप लगाए ।

प्रतिक्रिया