‘हाम्रो एउटा निर्णयले ५ वर्ष असर गर्नेछ’

नेपालखोज २०७८ चैत १३ गते १४:२६

डा. रवीन्द्र पाण्डे लेख्छन् – स्थानीय तहको उम्मेद्वार छनोटको घडी आएको छ । हरेक पार्टीले मेयर, उपमेयर तथा वडा अध्यक्षको उम्मेद्वार बनाउँदा स्वप्नदर्शी युवालाई प्रथामिकता दिनु जरुरी छ । कुनै न कुनै पदमा रहेर देखिनेगरी काम गर्न नसकेका नेतालाई स्थानीय तहमा उम्मेद्वार बनाउनु हुँदैन ।

स्थानीय चुनावमा राजनीतिक दलले एक-अर्कालाई गालीगलौज गर्नुको साटो विकासका योजनामा गहन छलफल गर्नु जरुरी छ । राजनीति प्रदेश तथा संघको चुनावमा गरौंला । स्थानीय तहको चुनावमा विकासको भूत सवार हुने व्यक्तिलाई उम्मेद्वार बनाउनु तथा मत दिनु जरुरी छ ।

हाम्रो एउटा निर्णयले ५ वर्ष असर गर्नेछ । त्यस्तै पार्टीका प्रभावशाली एवं लोकप्रिय नेता स्थानीय चुनावमा उम्मेद्वार हुनुपर्छ । जसरी फ्रान्सका पूर्व प्रधानमन्त्री Edouard Philippe त्यहाँको Le Havre नगरपालिकाको मेयर भएका छन्, त्यसैगरी हाम्रोमा पनि राजनीतिका हेभी वेटले स्थानीय चुनावमा सगर्व उम्मेद्वारी दिनु राम्रो हुन्छ । हामी स्थानीय तहमा सक्षम, स्वप्नदर्शी तथा विकासको हुटहुटी भएका व्यक्तिको नेतृत्व चाहान्छौं । डा. पाण्डेको टिप्पणीमा आएका केही प्रतिक्रिया :

राम्रो सुझाव तर गुटले ग्रस्त राजनीतिक दलबाट आशा गर्नु बेकार छ । यहाँ राम्रोले हैन हाम्रोले मात्र अवसर पाउँछन् । गोपाल कार्की

आशा गरौं सर । तर नेपाल, नेपाल नै हो, कुनै नेताले पनि हाम्रो देशमा यस्तो गरिहाल्छन् भन्ने एक रति पनि विश्वास लाग्दैन । हरिप्रसाद दाहाल

अति महत्वपूर्ण विषयको उठान गर्नु भएको छ । सम्वन्धित व्यक्ति एवं निकायको ध्यान जाओस ! यही नै अपेक्षा गरौ !! गोवर्धन भण्डारी युवा नै भ्रष्ट र नालायक छन् । श्याम केसी

तर यथार्थ, नदेखिने गरी खर्च गर्नसक्ने उम्मेद्वार हुने र विजयी हुने देश हाे याे । सुरेश बस्नेत

जन चाहाना पनि यस्तै छ । नारायणप्रसाद भण्डारी

राम्रो सुझाव, फलदायी सल्लाह । दीपक थापा

हजुरको सान्दर्भिक लेखाईले हामी युवाहरुमा थप जोस जागर र उत्साह प्रदान गरेको छ साथै अबको प्रमुख एजेन्डा विकासनै हो भन्ने कुरा प्रस्टाउँछ। अविरल भण्डारी

अन्य : agree, yes, राम्रो विचार, सही हो ।

प्रतिक्रिया