कांग्रेस केन्द्रीय कमिटी बैठक जारी, चुनावी तालमेलबारे मत बाँझियो

नेपालखोज २०७८ चैत १३ गते १५:०३

काठमाडाैं । स्थानीय तह निर्वाचनमा गठबन्धन गर्दा केन्द्रीय तहबाटै गर्ने कि स्थानीय तहको आवश्यकताअनुसार गर्ने भन्ने विषयमा छलफल केन्द्रित भएको छ । शुक्रबारदेखि सुरू भएको बैठकमा प्रदेश सभापति र २० भन्दा बढी केन्द्रीय सदस्यहरूले धारणा राखिसकेका छन् ।

अधिकांश केन्द्रीय प्रतिनिधिले स्थानीय आवश्यकता अनुसार गठबन्धन गर्नुपर्ने पक्षमा राय राखे । आजको बैठकमा पनि विभिन्न जिल्लामा चुनावी अभियानका लागि खटाइएका केन्द्रीय सदस्यहरुले धारणा राखे । केन्द्रीय सदस्यहरूलाई बोल्नका लागि ५-५ मिनेटको समय उपलब्ध गराइएको छ ।

कांग्रेस केन्द्रीय समिति बैठकमा स्थानीय तह निर्वाचनमा सन्दर्भमा छलफल भइरहेको छ । आइतबार दिउँसो बसेको बैठकले घरघर जाऔं कांग्रेस जिताऔँ अभियानबाट फर्किएका प्रतिनिधिले बिफ्रिङ गरिरहेका छन् । प्रतिनिधिले आफू खटेको जिल्लाको वस्तुस्थितिबारे बिफ्रिङ गरेका थिए । सोही दिन ६ वटा प्रदेश सभापति र गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बैठकमा धारणा राखेका थिए ।

कांग्रेसका संस्थापन पक्ष चुनावी तालमेलका पक्षमा छ भने डा. शेखर कोइराला नेतृत्वको पक्ष चुनावी तालमेल केन्द्रबाट नभइ स्थानीय आवश्यकताका आधारमा स्थानीय समितिमार्फत हुनुपर्ने पक्षमा छ । बैठकमा चुनावी गठबन्धन र घोषणापत्रबारे छलफल भइरहेको जनाइएको छ । यस्तै स्थानीय तहका उम्मेदवार छनोटका लागि संसदीय बोर्ड गठन गर्ने बैठकको एजेन्डा छ । महामन्त्री गगन थापा नेतृत्वको ‘स्थानीय तह निर्वाचन- २०७९, घोषणापत्र तयारी समिति’ लाई पूर्णता दिइनेछ ।

प्रतिक्रिया