रामचन्द्रको गनगन- चुनावी तालमेल गरेर जित्ने मन

नेपालखोज २०७८ चैत १३ गते १६:०३

काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनबारे केन्द्रीय समितिले नीतिगत निर्णय लिने बताएका छन् । केन्द्रीय कार्यालय सानेपामा पत्रकारहरूसँग कुरा गर्दै उनले स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गर्ने बताए ।

धेरै केन्द्रीय सदस्यहरूको धारणा चुनावी गठबन्धनको पक्षमा आएको उनले दाबी गरे । उनले भने, ‘कुन स्थानीय तह कसले लिने भन्ने त्यसपछि निर्णय गर्ने कुरा हो । चुनावी तालमेल गरेर गठबन्धन बचाएर लानुपर्ने आवश्यकता छ ।’

उनका अनुसार कुन स्थानीय तह कसले लिने भन्न निर्णय भने पछि नै हुने जानकारी दिए । उनले भने, ‘चुनावी तालमेल गरेर गठबन्धन बचाएर लानुपर्ने आवश्यकता छ । कहाँ कहाँ लिने, कहाँ कहाँ छाड्ने भन्ने त पछि सल्लाह हुन्छ । यो बैठकले चुनावबारे सैद्धान्तिक निर्णय गर्छ ।’

पौडेल शुरुदेखिनै चुनावी गठबन्धनको पक्षमा छन् ।

प्रतिक्रिया