मंगलबार, वैशाख १८, २०८१

थपिए जम्मा २३ संक्रमित, २१५ जना डिस्चार्ज

नेपालखोज २०७८ चैत १३ गते १६:४६

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण दर निरन्तर घटिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालमा जम्मा १ हजार ५५८ जना सक्रिय संक्रमित रहेका छन् । नेपालमा गत चौबीस घण्टामा जम्मा २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट ३ हजार ७८० जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १५ जना र १ हजार ४४२ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ८ गरी कुल २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, गत चौबीस घण्टामा थप २१५ जना कोरोना भाइरस संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज हुनेको कुल संख्या ९ लाख ६४ हजार ८२३ पुगेको छ । संक्रमण निको हुने दर ९८ दशमलव ६ प्रतिशत रहेको छ ।

चौबीस घण्टामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या शून्य छ । त्यस्तै, चौबीस घण्टामा देशभरबाट थप २४ हजार ६९१ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया