त्रिकोणात्मक सिरिजको उद्घाटन खेलकुद मन्त्रीले गरे (६ तस्बिर)

काठमाडौं । नेपालले टि-ट्वान्टी आई त्रिकोणात्मक सिरिजमा पपुवा न्युगिनी (पीएनजी) सँग टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ । टीयू मैदानमा जारी खेलमा उद्घाटन खेलकुद मन्त्री महेश्वरजंग गहतराजले गरेका छन् ।
मन्त्रीसँगै उद्घाटन खेलमा क्यानका पदाधिकारी देखिएका थिए । नेपालले टस हारेर ब्याटिङ रोजेको छ । नेपाल दुई ओडिआई खेलमा क्लिनस्विपको बदला लिने सोचमा हुनेछ । पीएनजी भने ओडिआई खेलको नतिजाबाट मनोबल उच्च हुँदा त्यसलाई निरन्तरता दिने सोचमा मैदान उत्रनेछ । यो समाचार तयार पार्दासम्म नेपालले १८.३ ओभरमा ७ विकेटको क्षतिमा १७६ रन बनाएको छ ।
नेपाल दुबै ओडिआई खेलमा कमजोर बलिङको कारण पराजित भएको थियो । पहिलो खेलमा नेपाल रोहितकुमार पौडेलको १ सय २६ रनको उत्कृष्ट शतकीय इनिङका बाबजुद पराजित भएको थियो । २ सय ९३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २ सय ८६ रन मात्र बनाउन सकेको थिए ।






प्रतिक्रिया