बिहीबार, वैशाख १३, २०८१

प्रधानमन्त्री देउवा तीन दिने भारत भ्रमणमा जाने

नेपालखोज २०७८ चैत १४ गते १३:५९

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणका लागि शुक्रबार भारत जाने भएका छन् । भारतीय विदेश मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री देउवाको औपचारिक भ्रमणबारे पुष्टि गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा पत्नी आर्जुसहित प्रधानमन्त्री देउवाले भारत जाने भएका हुन् ।भारत गएपछि प्रधानमन्त्री देउवाले वाराणासी र उत्तर प्रदेशको भ्रमण गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
परराष्ट्र मन्त्रालयले पनि विज्ञप्ति जारी गर्दै भ्रमणको पुष्टि गरेको छ ।

विज्ञप्तिअनुसार प्रधानमन्त्री देउवा र समकक्षी नरेन्द्र मोदीबीच शनिबार हैदरवाद हाउसमा द्विपक्षीय वार्ता हुने र भारतीय प्रधानमन्त्री मोदीले सम्मानसहित नेपाली भ्रमण टोलीलाई सोही दिन दिवा भोज आयोजना गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।त्यस्तै प्रधानमन्त्री देउवाले नयाँ दिल्लीमा व्यापारीहरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको र तीन दिने औपचारिक भ्रमणपछि आइतबार स्वदेश फर्किने विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया