जनयुद्ध स्मृति टावरको उद्घाटन गर्न प्रचण्ड रोल्पा पुगे (फोटो फिचर)
नेपालखोज
२०७८ चैत १४ गते १४:१२

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रोल्पा पुगेका छन् । युद्ध पर्यटनलाई टेवा पुर्याउनेगरी रोल्पा नगरपालिकाले निर्माण गरेको ‘जनयुद्ध स्मृति टावर’को प्रचण्डले उद्घाटन गर्नेछन् ।
टावरमा माओवादी १० वर्षे सशस्त्र विद्रोहको क्रममा सहादत प्राप्त गरेका एक हजार बढी सहिदको नाम राखिएको छ । कतिपयको शालिक पनि राखिएको छ । करिब ६ करोडमा निर्माण सम्पन्न टावरको मध्याह्न प्रचण्डले उद्घाटन गर्ने मेयर पूर्ण केसीले जानकारी दिए ।
यसपछि प्रचण्डले पार्टीले लिबाङको टुँडिखेलमा आयोजना हुने आमसभालाई सम्बोधन गर्नेछन् ।









सम्बन्धित

प्रतिक्रिया