शनिबार, जेठ ५, २०८१

कांग्रेस सांसद कँडेलको ‘बोनसको यो जीवन’ नामक पुस्तक सार्वजनिक

नेपालखोज २०७८ चैत १४ गते १४:१८

काठमाडौं । नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलको ‘बोनसको यो जीवन’ नामक पुस्तक सार्वजनिक भएको छ । सोमवार प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद कँडेलको पुस्तक विमोचन गरेको हो । विमोचन समारोहपछि बोल्दै सांसद कँडेलले पुस्तकमा २०६० भदौ १२ गते कुसुन्तीमा आफैँ माथि भएको आक्रमणका बारेमा चर्चा गरिएको बताए ।

उनले आक्रमणमा तत्कालीन माओवादी संलग्न रहेको र सोही सेरोफेरोमा पुस्तक तयार गरेको उनको भनाइ रहेको थियो।सांसद कँडेलको पुस्तक भित्र विभिन्न शीर्षकमा घटना विवरण सहित ४ खण्डमा राखिएको छ । २७२ पेजको पुस्तकमा पारिवारिक तथा राजनीतिक गविविधिहरु रहेको पनि सांसद कँडेलले बताएका छन् ।

सांसद कँडेलले पुस्तक बिक्रीबाट आएको आयलाई नेपाल नेत्रज्योती संघ नवालपरासीको आई हस्पिटलमा आर्थिक रुपमा विपन्न र उनीहरुको मोतिविन्दुको निःशुल्क अप्रेशनको लागि आँखा सम्बन्धित उपचारको लागि खर्च गर्ने उदेश्य रहेको बताए ।

प्रतिक्रिया