शनिबार, जेठ ५, २०८१

पछिल्लो चौबीस घण्टामा ४१ संक्रमित, ५९ जना निको

नेपालखोज २०७९ कार्तिक ६ गते १५:४०

काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर ४१ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमणबाट शून्य जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार १ हजार २५० जनाको नमुना परीक्षण गर्दा ४१ जनामा कोरोना संक्रमण देखिएको हो ।

४४५ जनाको पीसीआर परीक्षण गर्दा ३९ जनामा र ८०५ सय जनाको एन्टिजेन परीक्षण गर्दा ०२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले नियमित बुलेटिनमार्फत जनाएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ५९ कोरोना संक्रमित निको भएका छन् । नेपालभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या भने ६९६ पुगेको छ ।

प्रतिक्रिया