सोमबार, वैशाख २९, २०८२

१८४ रनको लक्ष्य पछ्याएको पीएनजीले कति रन पुर्‍यायो ?

नेपालखोज २०७८ चैत १४ गते १४:४४

काठमाडाैं । त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई १८४ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८३ रन बनाएको हो ।

जवाफमा पीएनजीले १५ ओभरमा ७ विकेटको क्षतिमा ११६ रन बनाएर खेलिरहेको छ । नेपालका लागि करण केसी र सोमपाल केसीले एक-एक विकेट लिए । ओपनर टोनी उरा र ५ बलमा ५ रन र लेगा सिएकाले १० बलमा २१ रनको योगदान दिएर आउट भए । चार्लस अमिनिले भने १० बलमा २२ रन बनाएर आउट भए भने कप्तान अस्साद भालाले १४ बलमा ७ रन बनाएर आउट भए ।

६स जितेर ब्याटिङ गरेको नेपालका लागि आरिफ शेखले ३१ रनको योगदान गरे । यसअघि नेपालले तेस्रो ओभरको तेस्रो बलमा आफ्नो पहिलो विकेट गुमायो । नेपालका ओपनर कुशल भुर्तेल २० रन बनाएर आउट भए । उनी रन आउट भएका हुन् ।

ओपनर कुशल भुर्तेल ११ बलमा तीन चौका र १ छक्कासहित २० रन बनाएर पभेलियन फर्कँदा आसिफ शेखले रोहित पौडेलसँग दोस्रो विकेटका लागि ८० रनको साझेदारी गर्दै सर्वाधिक ४३ रन बनाए । उनले ३५ बलमा ५ चौका र एक छक्का प्रहार गरे । रोहितले २६ बलमा २ चौका र एक छक्कासहित ३४ रन बनाए

दिपेन्द्रसिंह ऐरी ४ रनमा आउट हुँदा कुशल मल्लले ११ रन बनाए लोकेश बम ५ रनमा पभेलियन फर्किएका थिए । करण केसी १४ रन बनाएर आउट हुँदा आरिफ शेखले २१ बलमा ३ चौका र २ छक्कासहित ३१ रन बनाए । अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन् ।

१६औँ ओभरको दोस्रो बलमा नेपालले छैटौँ विकेट गुमायो । नेपालका लोकेश बम ५ रन बनाएर आउट भए । उनीलाई कार्लेश आमिनीले क्याच आउट गराएका हुन् । १७औँ ओभरको पहिलो बलमा नेपालले आफ्नो सातौं विकेट गुमायो । नेपालका करण केसी १४ रन बनाएर आउट भए । उनलाई पीएनजीका इलेइ नोआले क्याच आउट गराए ।

त्यसपछि नेपालले १९औँ ओभरको अन्तिम बलमा आफ्नो आठौँ विकेट गुमायो । नेपालका सोमबाल कामी १ रन बनाएर आउट भए । उनलाई नोरमान भानुवाले क्याच आउट गराएका हुन् । नेपाल, मलेसिया र पीएनजी सम्मिलित त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले पीएनजीसँग खेलिरहेको छ ।

पीएनजीको बलिङमा चाल्र्स अमिनि, ऐली नाओ र चाड सोपेरले समान दुई विकेट लिए भने, रिले ह्याकुरे र नोरमान भानुवाले समान एक विकेट लिए ।

पीएनजीसँगको एकदिवसीय सिरिज गुमाएको नेपाल टी–ट्वान्टी सिरिजमा भने आफूलाई बलियो सावित गर्ने योजनामा छ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजमा नेपाललाई घरेलु मैदानमा सिरिज जित्ने मौका छ । तर, एकदिवसीय क्रिकेटमा पीएनजीसँग दुई खेलमा पराजित भएको नेपाललाई भने आजको खेलमा डर छ । नेपाल पीएनजीसँग पहिलो खेलमा ६ रन र दोस्रो खेलमा ३ विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया