भारतीय विदेशमन्त्री श्रीलंका भ्रमणमा

काठमाडौं । भारतका विदेश मन्त्री एस जयशंकर श्रीलंका प्रस्थान गरेका छन् । श्रीलंकाको राजधानी कोलम्बो पुगे लगत्तै उनले श्रीलंकाका अर्थ मन्त्री बसिल राजापाक्षसँग भेटवार्ता गरेका छन् । आर्थिक संकटमा परेको श्रीलंकाको आर्थिक अवस्थामा कसरी सुधार ल्याउने भन्ने बारेमा उनिहरू बीच छलफल भएको अधिकारीहरूले जनाएका छन्।
भेटका क्रममा श्रीलंकालाई भारतले के कसरी सहयोग गर्न सक्छ भन्ने बारेमा छलफल भएको र भारतको तर्फबाट सहयोगको बचन दिएको उनीहरूको भनाई छ । विदेश मन्त्री जयशंकरले पनि सामाजिक सञ्जाल ट्वीटर मार्फत् आफ्नो भेटवार्ताका बारेमा जानकारी दिएका थिए।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले पनि गत शुक्रबार श्रीलंकाको आर्थिक संकट व्यवस्थापनका लागि सबैलाई अनुरोध गरेको थियो । बिमस्टेक बैठकमा सहभागी हुनका लागि श्रीलंका गएकोे मौकामा विदेशमन्त्री जयशंकरले भेटवार्ता गरेको हो । यही मार्च २८ देखि ३० सम्म श्रीलंकामा रहने छन्।
प्रतिक्रिया