आइतबार, असार १५, २०८२

काठमाडौं विश्वकै नम्बर एक प्रदूषित सहर, दोस्रोमा कोलकत्ता

नेपालखोज २०७८ चैत १४ गते १५:४३

काठमाडौं । काठमाडौं विश्वकै सबैभन्दा धेरै वायु प्रदूषण भएको सहर बनेको छ। पहिला छ नम्बरमा रहेको काठमाडाैं अहिले पहिलो नम्बरमा परेको छ। वायु प्रदूषण मापन सूचक एक्यूआई एक सय ६२ रहेको र एक्यूआई एक सय ५० भन्दा माथि जानुलाई मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ ।

त्यस्तै विश्वका प्रदूषित सहरहरू मध्ये दोस्रो नम्बरमा भारतको कोलकत्ता सहर परेको छ। कोलकत्तामा वायु प्रदूषण मापन सूचक एक्यूआई एक सय ५९ रहेको छ। एक्यूआई एक सय ५३ रहेको बंगलादेशको ढाका विश्वमा वायु प्रदूषण बढी रहेको देशको तेस्रो नम्बरको सूचीमा परेको छ ।

नेपालका भरतपुर, पोखरा, धनकुटा, सिमरा लगायतका ठाउँमा समेत वायु प्रदूषण बढेको पाइएको छ । बढ्दो वायु प्रदूषण मानव स्वास्थ्यका लागि धेरै हानिकारक हुने स्वास्थ्यविद्हरुले जनाएका छन्।

प्रतिक्रिया