मंगलबार, वैशाख १८, २०८१

चौबीस घण्टामा २१ जनामा कोरोना, ३१९ जना डिस्चार्ज

नेपालखोज २०७८ चैत १४ गते १६:१७

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण दर निरन्तर घटिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालमा जम्मा १ हजार २५४ जना सक्रिय संक्रमित रहेका छन् । नेपालमा गत चौबीस घण्टामा जम्मा २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट ५ हजार १५२ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १५ जना र १ हजार १५७ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ६ गरी कुल २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, गत चौबीस घण्टामा थप ३१९ जना कोरोना भाइरस संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज हुनेको कुल संख्या ९ लाख ६५ हजार १४२ पुगेको छ । संक्रमण निको हुने दर ९८ दशमलव ७ प्रतिशत रहेको छ ।

चौबीस घण्टामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या शून्य छ । त्यस्तै, चौबीस घण्टामा देशभरबाट थप १ लाख ६ हजार ७९ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया