राजसंस्थाको एजेन्डा जनताले मन पराएनन् : कमल थापा

नेपालखोज २०७८ चैत १४ गते १७:०३

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी दिनमा आफ्नो पार्टी एउटा बलियो शक्तिको रुपमा स्थापित हुने दावी गरेको छ । ९४ प्रतिशतभन्दा बढि नागरिकहरु हिन्दु राष्ट्रको पक्षमा रहेकाले आफ्नो पार्टी आगामी दिनमा बलियो शक्तिको रुपमा स्थापित हुने उनको तर्क रहेको थियो ।

स्थानीय तह निर्वाचनको तयारी भइरहँदा अध्यक्ष थापाले विगतमा आफ्नो पार्टीले लिएको हिन्दु राष्ट्र बनाउने अडानमा बहुसंख्यक जनताले ऐक्यवद्धता जनाएको उल्लेख गर्दै अव एउटा बलियो शक्ति बनेर उदाउने बताए । सोमबार वीरगन्जका स्थानीय सञ्चारकर्मीहरु संग कुरा गर्दै उनले जनताले मन नपराएको राजसंस्थाको एजेण्डालाई आफ्नो पार्टीले छोडेको र राजसंस्थाको एजेण्डालाई छोडेपछि आफ्नो पार्टीलाई नागरिक समाज, बुद्धिजीवि र आमसञ्चार माध्यामहरुले पनि सकारात्मक रुपमा लिने उनको विश्वास रहेको थियो ।

अध्यक्ष थापाले आफू लोकतन्त्र, हिन्दु राष्ट्र, सुशासन र समृद्धिको एजेन्डा लिएर जनतामा जाने पनि बताए। अध्यक्ष थापाले पश्चिमका मुलुकहरुको दवावका कारण संविधानमा हिन्दु राष्ट्र हटाएर धर्म निरपेक्षता भन्ने प्रावधान राखिएको दावी गरे।

प्रतिक्रिया