बिहीबार, जेठ ३, २०८१

हनुमान पूजा !

नेपालखोज २०७८ चैत १५ गते ५:००

हनुमान भगवान् पनि चाडैनै प्रशन्न हुने देवता हुन् । यस्तो विश्वास गरिन्छ कि यदि भगवान् हनुमानको निरन्तर पूजा गरियो भने व्यक्तिको सबै इच्छा पूर्ण हुन्छ । यसको लागि, आफ्नो दिमाग, शब्द र कार्यहरूसहित शुद्ध हुनु धेरै महत्त्वपूर्ण छ । यो भनिन्छ कि यदि मंगलबार वा हरेक दिन श्री हनुमान चालीसा वा श्री हनुमान वदवानल स्तोत्रको पाठ गरे भने व्यक्ति सबै प्रकारको दुःखबाट स्वतन्त्र हुन्छ ।

यसरी गरौ पूजा

मगलबारको पूजा गर्न बिहानै नुहाएर इसान कोण यानि उत्तर–पूर्वमा कुनै स्वच्छ स्थानमा हनुमानको मुर्ति स्थापना गरौं । मुर्तिको अगाडी घिउको दियो जलाई चमेलिको तेल छर्केउ र रातो या पहेलो फुलको माला चडाउँ । त्यसपश्चात हनुमान चलिसाको पाठ गरेर सबैलाई प्रसाद बाडौ र भोजन दिनमा एक पटक मात्र गरौं । रातमा पुनः पुजा गरांै । हनुमानलाई सिन्दुरि रङको कपडा चडाउँ र दान गरौ । यो ब्रतमा गहु र गुडबाट बनेको मात्र भोजन गरौ । एक पटक मात्र र नुनको प्रयोग नगरौं । रातो बस्त्र चडाउ र धारण गरौं ।

प्रतिक्रिया