शुक्रबार, चैत १६, २०८०

शुक्र मेष राशिमा हुँदा पर्ने प्रभाव !

नेपालखोज २०७९ जेठ १३ गते ८:०७

२३ मे अर्थात् जेठ ९ गतेदेखि शुक्र ग्रह मेष राशि मा प्रवेश गरेका छन् । ज्योतिषशास्त्रमा शुक्र ग्रहको विशेष स्थान छ । शुक्र देव शुभ भए सुसुप्त भाग्य पनि जागृत हुन्छ भन्ने मान्यता छ । शुक्र शुभ भए लक्ष्मी माताको विशेष कृपा पाइन्छ । लक्ष्मी धनकी देवी हुन् । लक्ष्मीको कृपाले व्यक्तिको जीवन सुखमय हुन्छ भने दु:ख-पीडा सधैंका लागि टाढा हुन्छन् । शुक्रको राशि परिवर्तनसँगै जेठ ९ देखि केही राशिको राम्रो दिन सुरु भएको छ । हेरौं शुक्रको राशि परिवर्तनबाट केहि राशिमा आउने परिवर्तन :

मेष राशि :
आर्थिक पक्ष मजबुत रहनेछ ।
लगानि फाइदाजनक साबित हुनेछ ।
पारिवारिक जीवन सुखमय रहला ।
लक्ष्मीको कृपाले जीवन सुखमय बनाउनेछ ।
खर्च कम हुनेछ ।
लेनदेनका दृष्टिले पनि यो महिना शुभ छ ।

मिथुन राशि :
नयाँ घर खरिद वा निर्माण हुनसक्छ ।
लक्ष्मी माताको विशेष कृपा प्राप्त हुनेछ ।
दाम्पत्य जीवन सुखमय रहला ।
नयाँ काम सुरु गर्न समय अनुकूल छ ।
लेनदेनका लागि समय शुभ छ । यद्यपि लेनदेन गर्दा प्रयाप्त सोच-विचार गर्नुहोला ।
आर्थिक स्थिति सुदृढ हुनेछ ।

वृश्चिक राशि :
माता लक्ष्मीको कृपाले काममा सफलता हात पर्नेछ ।
नयाँ घर वा वाहन खरीद हुन सक्छ ।
व्यापारका लागि समय शुभ छ।
धन- लाभ हुनेछ । यो वर्ष भरि नै खर्च नियन्त्रण गर्नुहोला ।
लेन-देनका लागि समय शुभ छ ।

धनु राशि :
आर्थिक स्थितिमा सुधार आउनेछ ।
लगानिका लागि समय अनुकूल छ ।
नयाँ वाहन खरिद हुनसक्छ ।
लेनदेनका हिसाबले पनि समय राम्रो छ ।
लक्ष्मी माताको कृपा रहनेछ ।
आय स्रोत बढ्न सक्छ ।

कुम्भ राशि :
लगानीका लागि समय अनुकूल छ ।
धन लाभ हुनेछ ।
खर्च कम गर्नुपर्नेछ ।
व्यापार गर्नेहरुका लागि समय वरदान भएर आएको छ ।
लक्ष्मी माताको कृपा प्राप्त होला ।
नयाँ वाहन वा घर खरिदका लागि समय शुभ छ ।

प्रतिक्रिया