युक्रेन युद्ध: शान्तिवार्तामा रुसी अर्बपति अब्रामोभिचलाई सन्दिग्ध विषको असर

काठमाडाैं । रुसी अर्बपति रोमन अब्रामोभिच यसै महिनाको सुरुमा युक्रेन-बेलारुस सीमामा भएका शान्तिवार्तामा सन्दिग्ध विषको असरयुक्त लक्षणसाथ देखिएको उनीनिकट स्रोतहरूले जनाएका छन् ।
चेल्सी फुटबल क्लबका मालिक अब्रामोभिच अहिले निको भइसकेका छन् तर उनको आँखा र छालामा समस्या देखिएको थियो । दुईजना युक्रेनी शान्ति वार्ताकारसमेत प्रभावित भएको बताइएको छ ।
एक समाचारले उक्त सन्दिग्ध विष प्रयोग वार्ता भाँड्नका लागि रुसमा रहेका कट्टरपन्थीले मञ्चन गरेको जनाएको छ । ती आरोपहरू देखा पर्न थालेपछि एकजना नाम नखुलाइएका अमेरिकी अधिकारीले रोयटर्स समाचार संस्थासँग बोलेका थिए ।
अब्रामोभिचमा देखिएका लक्षणलाई ती अधिकारीले विष प्रयोगका कारण नभइ ‘वातावरणीय’ पक्षले भएको आफ्ना गुप्तचरी सूचनाले सुझाएको बताएका छन् ।
र त्यसपछि युक्रेनको राष्ट्रपति कार्यालयका एक अधिकारीले अब्रामोभिचसँग कुरा नगरेको भए पनि युक्रेनी प्रतिनिधिमण्डलका सदस्यहरू ‘ठिक’ भएको र उक्त खबर ‘झुटो’ रहेको बताएका छन् । बीबीसी
प्रतिक्रिया