‘मुलुककाे विकास जसरी हुनुपर्ने हाे त्यसरी हुन नसक्नुकाे मुख्य बाधक एमाले’

काठमाडाैं । नेपाली कांग्रेसकाे घर-घरमा जाऔं कांग्रेस जिताऔं अभियान अन्तरर्गत आज राजधानीकाे थानकोटमा चन्द्रागिरी नगर समितिले आयाेजना गरेकाे कार्यक्रममा बाेल्दै नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले घर-घरमा जाऔं कांग्रेस जिताऔं अभियानले देशभर राजनीतिक हलचल ल्याएकाे बताएका छन् ।
कांग्रेसकाे प्रतिस्पर्धा कम्युनिष्ट पार्टी सित हुने भएकाले सालिन रुपबाट प्रतिस्पर्धामा खराे उत्त्रनुपर्ने बताएका छन् । २०४६ पछिकाे परिवर्तनले मुलुककाे विकास जसरी हुनुपर्ने हाे त्याे हुन नसक्नुकाे मुख्य वाधक नेकपा एमाले भएकाेसमेत बताउँदै नारा दिने तर काम नगर्ने पार्टी कम्युनिष्टहरु भएकाे कुरा लिएर जनता सामु पुग्नुपर्ने बताएका छन् । जनताकाे घर-घरमा पुग्दा सालिन्ता र नम्र व्यवहार देखाउनसमेत कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।
स्थानीय निकायकाे चुनावमा पार्टीका उम्मेद्वार सिफारिस र चयन पार्टी विधानअनुसार गर्न माताहतका कमिटिहरुलाई निर्देशन दिँदै विधाले भनेभन्दा बढि सिफारी गरेर आफू लाेक प्रिय बन्ने नेताहरुकाे टाउकाेमा दाेस थुपार्न काम नगर्नसमेत निर्देशन दिएका छन् । पार्टी गतिविधि कागजमा सिमित नगरी पारदर्शिता अपनाउनसमेत आग्रह गरेका छन् ।
कार्यक्रममा बाेल्दै केन्द्रीय प्रतिनिधि तथा कांग्रेस केन्द्रीय सदस्य माेहनबहादुर बस्नेतले काठमाडौंकाे संगठन बलियाे भयाे भने देश भरकाे संगठन बलियाे हुने भन्दै अब काठमाडौंले नै मुलुककाे नेत्रित्व गर्ने अवसर आउने भएकाले याे अवसर नगुमाउन पनि आग्रह गरेका छन् । कांग्रेस केन्द्रीय सदस्य ध्यानगाेबिन्द रन्जित राजेन्द्र कुमार केसी काठमाडौ जिल्ला सभापति सबुझ बानियालगायले उम्मेद्वारहरुलाई जिताउन दिनरात नभनी ख्ट्नुपर्ने बताए ।
तस्बिर: यूपी लामिछानेकाे फेसबुकबाट ।

प्रतिक्रिया