सोमबार, वैशाख २९, २०८२

तारेखमा छाड्न माग गर्दै उच्च अदालत पोखरामा पलले दिए रिट निवेदन

नेपालखोज २०७८ चैत १५ गते १५:१३

काठमाडाैं । जिल्ला अदालत तनहुँले गरेको आदेश बेरीतको रहेको भन्दै पल शाहले तारेखमा रिहा गर्न माग गरेका छन् । एक नाबालिग गायिकामाथि जबर्जस्ती करणी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पलले तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पोखरामा रिट निवेदन दायर गरे ।

अदालतका उप-रजिस्ट्रार तथा सूचना अधिकारी विष्णुप्रसाद आचार्यले रिट दर्ता भइसकेको जानकारी दिए । निवेदनमा शाहले थुनामा पठाउने अदालतको आदेश बदर गरी तारेखमा रिहा गर्न माग गरेका छन् । फौज्दारी कार्यविधि संहिता २०७४ को दफा ७३ (९) बमोजिम निवेदन दिइएको बताइएको छ ।

१० चैतमा तनहुँ जिल्ला अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । पल फागुन १५ गते पक्राउ परेका थिए । थुनामा रहेको पाँचौं दिन पल अदालत पुगेका हुन् । अब उच्च अदालत पोखरामा जिल्ला अदालत तनहुँले गरेको आदेश ठीक हो वा होइन भन्ने विषयमा बहस हुने छ ।

पलका म्यानेजर कृष्ण जोशीलाई भने एक लाख धरौटीमा छाड्न आदेश दिएको थिय

प्रतिक्रिया