सोमबार, वैशाख २९, २०८२

काठमाडाैंमा जारी सिरिजमा मलेसियासँग पीएनजी ८ रनले पराजित

नेपालखोज २०७८ चैत १५ गते १६:२०

काठमाडाैं । काठमाडौंमा जारी नेपाल, मलेसिया र पपुवा न्युगिनि समिलित त्रिकोणात्मक टी-ट्वान्टी सिरिज अन्तर्गतको दोस्रो खेलमा पपुवा न्युगिनिलाई मलेसियाले ८ रनले पराजित गरेको छ । पीएनजी सिरिजमा लगातार दोस्रो खेलमा पराजित हुन पुग्यो ।

टस जितेर ब्याटिङ गरेको मलेसियाले सानदार ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ३ विकेट गुमाउर १८० रन बनाएको थियो । जवाफमा पीएनजी १९.३ ओभरमा अलआउट हुँदै १ सय ७२ रनमा समेटियो । पीएनजीका लागि टोनी उराको ५६ रन सर्वाधिक रह्यो । त्यस्तै नोर्मान भनुवाले ४५ रन बनाउनु बाहेक अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् ।

मलेसियाका लागि सर्भीन मुनिएन्डीले सर्वाधिक ४ विकेट लिँदा महमद्द वाफीक र पवन दिप सिंहले समान ३-३ विकेट लिएका थिए । त्यसअघि पहिले ब्याटिङ गरेको मलेसियाका लागि ओपनर भिरनदिप सिंहले ५९ रनको अर्धशतकीय अविजित इनिङ खेल्दा कप्तान अहमद फैइजले ५६ रन बनाए । त्यस्तै साइद अजिज ४७ रनमा आउट भएका थिए । पीएनजीका लागि नोर्मान भनुवाले २ विकेट लिएका थिए ।

प्रतिक्रिया