तत्काल भारतसँगको सिमा विवाद समाधान नहाेला जस्ताे छ : लोकराज बराल

नेपालखोज २०७८ चैत १५ गते १६:२०

काठमाडौं । पराष्ट्रविद् एवम् पूर्वराजदूत प्रा.डा. लोकराज बरालले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सफल हुने विश्वास दिलाएका छन् । उनले अहिलेको परिवेशमा प्रधानमन्त्री देउवाको भारत भ्रमण हुन लाग्नु आफैमा सुखद् संकेत भएको र अडिएर रहेको दुई देशबीचको सम्बन्धमा गतिशिलता देखिने विश्वास दिलाए ।

प्रधानमन्त्री देउवाको भारत भ्रमणको पूर्व सन्ध्यामा आज काठमाडौंमा आयोजित कार्यक्रममा गरेको विशेष साक्षात्कारमा बोल्दै बरालले भारतसँगको नेपालको सम्बन्धमा गतिशिलता थपिने विश्वास दिलाए । उनले भने,‘अब दुई देशका प्रधानमन्त्रीबीच के के कुराकानी हुने भन्ने कुरा त बाहिर नै आईसकेको छ, पूर्वाधार निर्माणको कुरा, विकास परियोजना, कृषि, व्यापारको कुरा छ, जलस्रोतको प्रयोगबारे आदि छलफल हुन्छ ।

नेपाल र भारतबीचको सम्बन्ध त ईनफर्मल छ । त्यही भएर दुई प्रधानमन्त्रीबीच अनौपचारिक कुराकानी पनि हुनसक्छ । उनको भारत भ्रमण सफल होस भन्ने कामना छ । दुई देशबीच सहयोगात्मक सम्बन्ध हुनुपर्छ ।’ त्यस्तै पत्रकार ऋषि धमलाले कार्यक्रममा बोल्दै उनले राष्ट्रवादको कुरा उठाएर सम्बन्ध बिगार्ने काम गर्न नहुने धारणा राखेका छन् । उनले भने,‘प्रधानमन्त्री देउवाले अठोटका साथ एमसीसी पास गरे,यो राम्रो काम होे । चिनियाँ विदेशमन्त्री भर्खरै नेपाल आएका हुन् , यो पनि राम्रो काम हो । उनि आफै भारतीय प्रधानमन्त्रीको निम्तोमा भारत जाँदै छन । यो सरकारको विदेश सम्बन्ध राम्रो छ । अझै काम हेर्न बाँकी छ ।’ तत्काल भारतसँगको सिमा विवाद समाधान नहुने समेत बरालले बताए ।

बरालले नेपालमा पहिले राजनीतिकरण गर्ने अनि पछि नेगोसिएशन गर्ने बानी रहेको र त्यो उल्टो बानी रहेको स्पस्ट पारे ।नेपाललाई दिने सहयोग बढाउनेजस्तो लागेको अनुमान सुनाए । तर, पैसामात्रै बढाएर नहुने भन्दै अहिले भएका परियोजना समयमै सम्पन्न हुनुपर्नेमा उनले जोड दिए । फरक प्रसँगमा बरालले चुनावमा अहिलेको गठबन्धन कायम राख्ने वा नराख्ने भन्ने कुरा कांग्रेसले आफ्नो अवस्था हेर्नुपर्ने र निर्णय लिनुपर्ने टिप्पणी गरे ।

प्रतिक्रिया