सोमबार, वैशाख २९, २०८२

एन्फा साधारणसभा सुरु, ४ एजेन्डामा साधारणसभा केन्द्रित हुने

नेपालखोज २०७८ चैत १५ गते १६:४८

काठमाडौं । निर्वाचन केन्द्रित एजेण्डाहरु रहँदै अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभा सुरु भएको छ । साधारणसभामा मुख्य एजेन्डाको रुपमा जेठ १५ मा हुने चुनावका लागि निर्वाचन समिति गठन सम्बन्धि रहेको छ । सँगै निर्वाचन पुनरावेदन समिति गठन सम्बन्धि छलफल हुने छ ।

त्यस्तै जेठ १५मा हुने चुनावका लागि संघको वार्षिक कार्यक्रम तथा बजेट एवम् आर्थिक वर्ष २०७७/ ७८ को लेखा परीक्षण प्रतिवेदन पारित गर्ने सम्बन्ध र निर्वाचनमा सहभागी उम्मेदवारको मनोनयन शुल्क सम्बन्धमा छलफल हुनेछ । एन्फा कार्यसमितिले सहमतिमा श्रीराम दवाडीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति बनाउने प्रस्ताव गर्ने भएको छ । समितिको सहसंयोजकमा रामचन्द्र गौतम तथा दामोदर भट्टराईको नाम प्रस्ताव हुने भएको छ । यसैगरी प्रस्तावित निर्वाचन समितिको वैकल्पिक सदस्यमा सरस्वती श्रेष्ठ र प्रतिमा कार्की रहनेछन ।

त्यस्तै विशेष साधारणसभामा एन्फा कार्यसमितिको तर्फबाट अध्यक्ष पदका लागि उम्मेदवारको मनोनयन शुल्क प्रस्ताव गरिने र लामो समयपछि हुन लागेको साधारणसभामा भाग लिनका लागि देशभरबाट प्रतिनिधिहरु काठमाडौं आइसकेका छन् । फागुन ८ गतेलाई पहिलो पटक विशेष साधारणसभा बोलाइँदा तीन एजेन्डा तय गरिएको थियो ।

तर दुई पटक स्थगित भएपछि चैत सातमा आजका लागि साधारणसभाको सूचना जारी गर्दा एन्फा सचिवालयले एक एजेन्डा थप गरेको थियो । एन्फाको गत फागुनमै हुने भनिएको विशेष साधारणसभा दुई पटक स्थगित भएको र एन्फाले फागुन ८ का लागि विशेष साधारण सभा तय गरेको थियो ।

प्रतिक्रिया