मंगलबार, वैशाख १६, २०८२

महालक्ष्मी विकास बैंकद्वारा सिद्धार्थनगर नगरपालिकालाई डस्टविन हस्तान्तरण

नेपालखोज २०७८ चैत १५ गते १८:३४

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको भैरहवा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तरर्गत रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिकालाई डस्टविन सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वको कार्यलाई निरन्तरता दिँदै बैंकको भैरहवा शाखाले सिद्धार्थनगर नगरपालिकालाई १३ थान डस्टविन हस्तान्तरण गरेको हो ।

नगरपालिकामा चुनौतीको रुपमा रहेको फोहोरमैला व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत डस्टवीन हस्तान्तरण गरिएको कुरा बैंकका भैरहवा शाखा प्रबन्धक गौतम गुप्ताले जानकारी गराए । नगरपालिकाको प्राङ्गणमा आयोजित एक विशेष कार्यक्रमकाबिच बैंकका भैरहवा शाखा प्रबन्धक गुप्ताले सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा काफ्लेलाई डस्टवीन हस्तान्तरण गरेका हुन् ।

नगरपालिकाकी उपप्रमुख उमा काफ्लेले विगतदेखि नै महालक्ष्मी विकास बैंकले सामाजिक उत्तरदायित्वका कार्यहरु नगरभित्र प्रभावकारी रुपमा सञ्चालन गर्दै आएको बताए । स्थानिय नगर वरपर फोहरमैला व्यवस्थापनमा नगरपालिकालाई सहजता होस् र वातावरणलाई स्वच्छ तथा सुन्दर बनाउन मद्दत पुग्ने हेतुले डस्टविन वितरण गरिएको कुरा बैंकले जनाएको छ ।

बैंकले देशभर फैलिएर रहेका १०३ शाखाहरुबाट कोर बैकिङ्गका सेवाहरुमात्र नभई विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरुलाई प्रभाकारी रुपले निरन्तर रुपमा सञ्चालन गर्दै आइरहेको छ बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दे आईरहेको छ ।

बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्ेश्यले भिसा इएमभी चिप बेस ट्राभल कार्ड, ई कर्मश कार्ड र डलर कार्ड जारी गरिसकेको छ । समग्रमा चिप बेस ट्राभल कार्ड, ई कर्मश कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक : महालक्ष्मी विकास बैंक रहेको दावी पनि बैंकले गरेको छ ।

प्रतिक्रिया