सिद्धार्थ बैंक र नेपाली युथ फिटनेसको सहकार्यमा क्यालिस्थेनिक्स पार्क सञ्चालन

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले यही चैत १२ गते शनिबार पेप्सीकोला स्थित सूर्यमुखि पार्कमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत रही क्यालिस्थेनिक्स पार्क सञ्चालनमा ल्याएको छ । नेपाली युथ फिटनेस एन्ड क्यालिस्थेनिक्सको सहकार्यमा निर्माण गरिएको पार्कको समुद्घाटन बैंकका प्रमुख भ्याली रिर्सोसेस प्रदिप पन्त र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव तोयम रायामाझीले गरेका हुुन
व्यस्त जीवनशैलीका कारण शारीरिक व्यायामको कमीले बढ्दै गएको स्वास्थ्य समस्या कम गर्नुका साथै खुल्ला स्थानको सदुपयोग गर्ने उद्देश्यका साथ बैंकले उक्त पार्क निर्माण गर्न आर्थिक सहयोग प्रदान गरेको हो । निःशुल्क व्यायाम उपकरणको सुविधा भएको उक्तपार्क सञ्चालन पश्चात् त्यस क्षेत्रका स्थानीयवासीहरुका लागि स्वस्थ जीवनशैली विकास गर्न केहीहदसम्म भएपनि मद्धत पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धी कार्यहरूमा सहभागिता जनाउँदै आएको छ भने आगामीदिनहरुमा पनि यस्ता संस्थागत सामाजिक उत्तरदायित्वलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी निरन्तरता दिदै जाने उद्देश्य बैंकको रहेको छ ।


प्रतिक्रिया