‘हामी हृदयदेखि नै सिर्जना भाउज्यू काठमाडाैं मेयर भएको देख्न चाहन्छौं’

नेपालखोज २०७८ चैत १६ गते १३:२८

आफूलाई नेपाल महिला संघ, काठमाडौंका महिलाहरुले कामनपाको मेयरमा दाबेदारी दिन आग्रह गरेको एउटा समाचार आफ्नो फेसबुक वालमा सेयर गरेपछि सिर्जना सिंहले सामाजिक सञ्जालमा पाएको केही प्रतिक्रिया :

नेपाल महिला संघ काठमाडौं जिल्ला (चाक्सिबारी)मा महिला संघ सल्लाहकार श्री सिर्जना सिं भाउजूसँग ३३ प्रतिशत महिला मात्रै हाेइन ५० प्रतिशत महिला हक हुनुपर्छ नारी उप मात्रै हाेइन महिलाकाे हक विशेष र महत्त्वपूर्ण हुनपर्छ भन्ने सान्दर्भिक छलफल गरियो । माया नेपाली सिंह

अग्रिम शुभकामना व्यक्त गर्दछु । प्रसङ शेर्पा

देश बनाउने प्रयास गाऊँ र नगरबाटै गर्नुपर्छ त्यसैले भाउजु परिवर्तन ल्याऊन अगाडि बढ़नुहोस् । विश्व घिमिरे

गौरवको कुरा हो यो । किशोरकुमार श्रेष्ठ

– हार्दिक शुभकामना भाउज्यु ! हामी हृदयदेखि नै शिर्जना भाउज्यु काठमान्डौंको मेयर भएको देख्न चाहन्छौं । हाम्रो सम्पुर्ण साथ, समर्थन र सहयोग भाउज्युलाई । कुलप्रसाद गुरुङ

होइन, तपाईंहरू अभिभावक हुनुहुन्छ । अवसर अरुलाई दिनुहोस् । भाउजू, दिदी .. शुभकामना भन्ने शब्द अन्तरमनका मात्र होइनन्, चाकडीका पनि हुन् । प्रकाशमान सिंहको सफलताको लागि सारथी बन्नुहोस् । मेयरका योग्य उमेदवार छ्नौट गर्नुहोस् । धनञ्जयकुमार श्रेष्ठ

नेपाली महिला आन्दोलनले सार्थकता पाउने थियो । सरु भट्ट

हार्दिक शुभकामना दिदी ! हामी हृदयदेखिनै दिदी काठमान्डौंको मेयर भएको देख्न चाहन्छौं । मेरो सम्पुर्ण साथ समर्थन सहयोग दिदीलाई ।जयप्रकाश थापा

महिला दिदीबैनीहरुको विचार र प्रस्ताव सहि एवं प्रशंसनीय छ ! राजेश्वर निरौला

No description available.

अति राम्रो सहि प्रस्ताव! मेरो प्रस्ताव थपे है। भाउजु साँचै नै काठमाडौंलाई स्याहार सुसार चाहिएको छ । सम्पदाहरूलाई आमाको जस्तो न्यानो माया चाहिएको छ । सहरलाई घर सफा गरे जस्तै गर्नुपर्ने भएको छ । चकचके, अटेरी बच्चाहरूलाई आमाको कडा अनुशासनमा राख्नु पर्नेछ । चेलीबेटीहरूलाई हरेक क्षेत्रमा आमाले दिने मायाको खाँचो छ । समान र सुरक्षित वातावरणको जरूरत छ । सिर्जना तन्डुकार

She is the true democratic Socialist leader. It’s really good news छिरिङ लामा

That’s great news wish you all the best goodluck . वीरेन्द्र बस्नेत

Let’s make it happen for the betterment of Kathmandu.

Good news, You deserve di..wish you all the very best… सूर्य लम्साल

साह्रै राम्रो प्रस्ताव, अग्रिम शुभकामना । रेखा खेतान

त्यसो भए त्यो काँग्रेसको सही निर्णय हुनेछ !! श्रृजना भाउजुलाई अग्रिम शुभकामना !! चुनाव प्रचारमा हामी सबै लाग्ने छौ !! मिङमार शेर्पा

नेपाली महिला आन्दोलनले सार्थकता पाउने थियो । सुवास निरौला

गणेशमान सिंहकी बुहारीका रुपमा पारीवारिक विरासतको नाम मात्र दिँदा गलत हुनेछ किनभने सृजना भाउजु आफैँमा एउटा सक्षम अनि नेतृत्वदायी भुमिका गर्न सक्ने अब्बल नेतृ हुनुहुन्छ । त्यसैले उहाँको उम्मेदवारी र विजय काठमाण्डौ महानगरका लागि एउटा स्वर्णिम युग हुन सक्ने छ । सरु भट्ट

निक्कै राम्रो कुरा आइरहेको छ । काठमाडौंको मेयरमा भिजन भएको र सबैलाई मिलाएर लानसक्ने उच्च तहको राजनीतिक नेता चाहिन्छ । त्यो सृजना भाउजूबाट पूरा हुन्छ । महानगरका नेपाल काङ्ग्रेसका ३२ वडाकै कार्यसमितिले उहाँका बारेमा निर्णय लिए अत्यन्तै राम्रो हुने थियो । प्रेम मुकारुङ राई

No description available.

कक्षा नौबाट राजनीति जीवन सुरु गर्नुभएको, ३४ साल तिरै ने.बि. संघको मोर्चा अग्रपंक्तिमा सम्हाल्नु भएको एक जुझारु स्वभाव कि विद्यार्थी नेता जो गणेशमान सिंहको बुहारीका रुपमा पारीवारिक विरासतको नाम मात्र दिँदा गलत हुनेछ किनभने उहाँ आफैमा एउटा सक्षम अनि निडर नेतृत्वदायी भुमिका गर्न सक्ने अब्बल नेता हुनुहुन्छ । रामप्रसाद पौडेल

प्रतिक्रिया