टिपरको ठक्करबाट दुई बालिकाको मृत्यु
नेपालखोज
२०७८ चैत १६ गते १०:४०

काठमाडाैं । गोकर्णेश्वर नगरपालिका १, सुन्दरीजलस्थित मेलम्ची चोकमा टिपरको ठक्करबाट दुई स्कुले बालिकाको मृत्यु भएको छ ।
स्थानीय वर्ल्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत रोहन घिसिङका छोरीहरु सृष्टि र श्रेयाको आज बिहान साढे ८ बजे टिपरको ठक्करबाट ज्यान गएको हो ।
घिसिङले दुवै छोरीलाई मोटरसाइकलमा राखेर स्कुल लैजाँदै गर्दा बा.४ख ६९६५ नम्बरको टिपरले ठक्कर दिएकामा उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरी वृत्त बौद्धले जनाएको छ ।
घटनामा घिसिङ पनि सख्त घाइते भएको प्रहरीले जनाएको छ । चालकले टिपर ब्याक गरेर दुवै छोरीलाई किचेको घिसिङको आरोप छ । घाइते घिसिङको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ । -रासस
सम्बन्धित

प्रतिक्रिया