‘आवश्यकताका आधारमा गठबन्धनभित्रका दलबीच तालमेल गर्नुपर्छ’

काठमाडाैं । नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले गठबन्धनको औचित्य अझै नसकिएकाले स्थानीय आवस्यकताका आधारमा गठबन्धन भित्रका दलहरु बीच तालमेल गरेर जानूपर्ने बताएका छन् । कहाँ कसरी तालमेल गर्ने विषयमा छिटै दलहरु बसेर माेठडालिटि तय हुनेसमेत बताए ।
उनले कांग्रेसकाे संसदमा उपस्थिति कस्तो थियाे कसरी कस्का कारण कांग्रेस नेत्रित्वमा सरकार निर्माण भयाे यी सबै कुरा सबैले ख्याल राख्नुपर्ने बताए । के अब गठबन्धनकाे औचित्य सकिएकाे हाे त ? भन्दै वास्तविक्ताकाे धरातलमा उभिन सबैलाई अपिल गरे ।
उनले नेपाली नागरिकलाई अधिकार दिलाउने पार्टी कांग्रेस भएकाे कुरा नबिर्सन सबैमा अपिल गरे । आज राजधानीकाे बुद्धनगरमा आयाेजित स्थानीय नागरिकहरुसितकाे भेटघाटका क्रमा उनले उक्त कुरा बताएका हुन् । अब चुनावी नजिक आइसके काले कुन पार्टीले के गरिरहेकाे छ जनताले लेखाजोखा गर्ने बेला आएकाे बताए ।
कस्ले कुन समयमा देश र जनताका लागि के गर्याे यसकाे सहि मुल्यांकन गर्नुपर्ने भन्दै क्षणभरका घटनाका क्रम मात्रै नभई विगतकाे पनि समीक्षा गरेर आफ्नो मत दिन समेत आग्रह गरे । उनले फरक प्रसंगमा बाेल्दै परिवर्तनकाे नारा दियर जनतालाई भ्रम छरेर कान्तिकारी कुरा गरेर राजनीतिमा आएकाे पार्टी विवेक सिल साझाकाे हालत के भयाे भन्दै राजनीतिमा नारा र भाणले मात्रै चल्दैन भनेकुरा पुष्टि भएकाे समेत बताए ।
आज ती पार्टीका नेताकाे गतिविधि कस्तो छ पार्टी कस्ताे छ सबैले देखे सुनेकै हाेला भन्दै भ्रम छर्नेहरु बिस्तारै जनता माझ नाङिगिदै जानेसमेत बताए । उनले महानगर बासिले जन्ताले तिरेकाे कर बैकमा जम्मा गरेर ब्याज खाने खाल्काे मेयर छान्ने कि जन्ताकाे करबाट रहरलाग्दाे सहर बनाउने मेयर छान्ने भन्ने फैसला गर्ने बेला आयकाले गम्भिरता साथ साेचेर निर्णय लिनसमेत काठमाडौं महानगर बासिलाई अपिलसमेत गरे ।

प्रतिक्रिया