‘राष्ट्र बैंकको भूमिका देशको अर्थतन्त्रमा गहन’

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेसनल बैंकिङ इन्ष्टिच्युटमा (एनबीआई) मा सञ्चालन भइरहेको नेपाल राष्ट्र बैंकका नवप्रवेशी सहायक निर्देशकहरुको पूर्वसेवाकालीन तालिमको उद्घाटन गरेका छन् ।
उक्त कार्यक्रममा गर्भनर अधिकारीले राष्ट्र बैंकको काम कारबाही तथा उद्देश्यहरुमाथि प्रकाश पार्दै प्रशिक्षार्थीहरुलाई काममा समर्पित भएर लाग्न आग्रह गरे । राष्ट्र बैंकको भूमिका देशको अर्थतन्त्रमा गहन भएको बताउँदै सम्पूर्ण प्रशिक्षार्थीहरुलाई इमान्दार एवं लगनशिल भएर काम गर्न सुझाव दिए ।

सूचना नै शक्ति भएको बताउँदै आफूलाई निरन्तर अद्यावधिक बनाउनु पर्ने आवश्यकता रहेको बताए । यही चैत १० गतेदेखि सुरु भएको प्रशिक्षण कार्यक्रम २२ गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा एनबिआईका पूर्व सञ्चालक तुलसीप्रसाद घिमिरेले स्वागत मन्तव्य दिएका थिए ।
त्यसैगरी एनबिआईको तर्फबाट प्रमुख कार्यकारी अधिकृतकुमार लम्सालले पनि मन्तव्य राख्दै अध्ययनलाई निरन्तरता दिनुपर्ने आवश्यकता रहेको औल्याए ।
प्रतिक्रिया