वैज्ञानिक समाजवादी पार्टीका नेता आहुती चुनावमा सहभागी नहुने संकेत

काठमाडौं । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालका संयोजक विश्वभक्त दुलाल (आहुती) ले आफ्नो दल चुनावमा जाने कि नजाने भोलिको राष्ट्रिय भेलाले निर्णय लिने बताएका छन् । आज काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी चुनावमा जानेलाई मात्र राजनीति नभनिने भन्दै चुनावमा भाग नलिने संकेत गरे ।
उनले भने, ‘चुनावमा जानेलाई मात्र राजनीति भनिदैन, ‘हामी चुनावमा जाने या नजाने भोलिको भेलाले तय गर्नेछ ।’ आहुतीले पार्टी एकीकरणबारे कुनै पार्टीसँग आधिकारिक छलफल नभएको बताउँदै उनले चुनाव बाहिरै बस्ने संकेत गर्दै राजनीतिका विभिन्न माध्यममध्ये चुनावमा भाग नलिनेलाई पनि भनिने सुनाए । कार्यक्रममा बोल्दै पार्टीका संयोजक विश्वभक्त दुलाल (आहुती) ले पार्टी एकिकरण बारे कुनै पार्टीसँग आधिकारीक छलफल नभएको बताए । स्थानीय चुनावमा जाने नजाने निर्णय प्रथम राष्ट्रिय भेलाले गर्ने उनले स्पष्ट पारे । चुनावमा मात्रै जाने लाई राजनीति नभननिने भन्दै उनले चुनाव बाहिर बस्ने पनि राजनीतिको विभिन्न आयाम मध्ये पर्ने बताए ।
पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य मदन अर्यालले प्रज्ञा भवन कमलादीमा भोलि १७ चैतको दिउँसो १२ बजे भेलाको उद्घाटन हुने र चैत १७ गते साझदेखि १९ गते सम्म भक्तपुरको बोडेमा बन्द सत्रको कार्यक्रम हुने जानकारी दिए । भेलामा ५० जिल्लाका ७० जना भन्दा बढीको उपस्थिति हुनुको साथै भारत, यूरोप, कोरिया र मध्यएसियाका देशहरुबाट समेत प्रतिनिधित्व हुने जानकारी दिए ।
प्रथम राष्ट्रिय भेलाले आजको वैज्ञानिक समाजवादको कार्यदिशा, प्रमुख उत्पादक शक्ति, विज्ञानप्रविधिमा आधारित वैज्ञानिक समाजवादको स्वरुप, संरचना र कार्य योजना लगायतका कार्यक्रमहरु तय गर्ने जनाइएको छ । भेलाले नेपाली समाजको नयाँ वर्ग विश्लेषण, पितृसत्ता र जात व्यवस्था अन्त्यको स्पष्ट कार्यदिशा र कार्यनीति लगायतका कार्यक्रम लागू गर्न आवश्यक संरचनाहरु समेत निर्माण गर्ने जनाइएको छ ।
केन्द्रीय सदस्य मदन अर्यालले प्रथम राष्ट्रिय भेलाको उद्घाटन नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरण, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल लगायतका नेताहरुले भेलामा उपस्थित हुने जानकारी दिएका छन् । भेलामा अन्तर्राष्ट्रिय गीत र सांस्कृतिक झाँकीहरु पनि कार्यक्रममा प्रस्तुत गरिने र साथै उनले पार्टीको भेलाले वैज्ञानिक समाजवादी संस्कृतिका केही आयामहरुको घोषणा, सकल्प गर्ने पनि उनले स्पस्ट पारे ।

प्रतिक्रिया