नेकपा एसका नेता खनालले भने– आगामी निर्वाचनमा दुईवटा गठबन्धन बन्ने छ

काठमाडौं । सत्तासाझेदार नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले आगामी निर्वाचनमा दुईवटा गठबन्धन बन्ने बताएका छन् । आज पार्टीले गैरआवासिय नेपाली संघको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै खनालले आगामी निर्वाचनमा दुईवटा गठबन्धन बन्न सक्ने स्थिति रहेको बताएको हो । उनले सत्तारुढ दलहरुको पाँच दलिय गठबन्धन बन्ने र विपक्षमा अर्को चार दलिय गठबन्धन बन्न सक्ने बताए ।
नेपाली जनमत दुईवटा गठबन्धनका बिचमा विभाजित हुने र संविधान, लोकतन्त्र, गणतन्त्रको रक्षाको निम्ति पाँच दलिय गठबन्धन बनेको उल्लेख गर्दै आगामी दिनमा पनि एकतावद्ध भएर जानका लागि सबैले निर्णय गरिसकेको बताए । उनले गैरआवासिय नेपाली र नेपाली जनताको बिचमा प्राकृतिक सम्बन्ध रहेको बताउँदै आगामी दिनमा पनि सो सम्बन्धलाई गहिरो, आत्मिय र घनिष्ठ बनाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया